मंगलबार, चैत ६, २०८०
03:42 | ०९:२७

लण्डनमा लागू औषध कारोवारको आरोपमा एक नेपाली युवा पक्राउ

नेपाली लिङ्क अप्रिल १५, २०२१

फाइल तस्बिर

लण्डन । लण्डनमा लागू औषध कारोवारको गम्भीर आरोपमा एक नेपाली युवा पक्राउ परेका छन्। 

साउथइस्ट लण्डनस्थित प्लमस्टिड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा गत शुक्रबार पक्राउ परेको न्यूज सपर्सले जनाएको छ ।  

गस्तीमा रहेका प्रहरीले अधिकारीलाई इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको भेटेका बताइएको छ ।   

अधिकारी र उनीसंगै पक्राउ परेका चार्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई चाथम, केन्टमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गरिरहेको अभियोग लगाइएको छ ।  

आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउंदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने समाचारमा उल्लेख छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू