बिहीबार, वैशाख १३, २०८१
16:00 | २०:४५

गोर्खाका मुद्धा एनआरएनए र दूतावासको सहकार्यमा अघि बढाइने

राजदूतलाई बुझाइयो ज्ञापनपत्र

नेपाली लिङ्क अप्रिल १५, २०२१


लन्डन । भूतपूर्व गोर्खाका मुद्धाहरुलाई लन्डनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मिलेरै अघि बढाउने भएका छन् ।

मंगलबार एनआरएनए आइसीसीको गोर्खा टास्कफोर्सका प्रतिनिधिहरुसंगको छलफलमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सहकार्यको प्रतिबद्धता दोहोर्याएका छन् ।

टास्कफोर्सका संयोजक लेफ्टिनेन्ट रिटायर्ड चन्द्रबहादुर गुरुङले गोर्खाहरुको नेपाली नागरिकता निरन्तरतादेखि समान अधिकारसम्मका मुद्धामा राजदूत रेग्मीले सक्दो सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरेको बताए ।

‘नवनियुक्त राजदूतज्यूलाई एनआरएनए गोर्खा टास्कफोर्सका तर्फबाट बेलायतमा स्वागत गर्दै गोर्खाका मुद्धा, अहिलेको अवस्था लगायतमा अपडेट गरायौं’, संयोजक गुरुङले भने, ‘नागरिकता निरन्तरता, समान अधिकार लगायतका गोर्खाहरुका सरोकारका प्रमुख मुद्धाहरु समेटेर एक ज्ञापनपत्र पनि उहाँले बुझाएका छौं ।’

ज्ञापनपत्र ग्रहण गर्दै राजदूत रेग्मीले आफू गोर्खाहरुकै साथमा रहने प्रतिबद्धता दोहोर्याएका थिए । गोर्खाहरुको मुद्धालाई अझै बढि व्यवस्थित र बिस्तारित गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै राजदूतले एनआरएनएलाई संयोजनकारी भूमिका खेल्न आग्रह गरेका थिए ।

‘राजदूत रेग्मीले गत महिना एनआरएनए यूकेसंग राखेका सहकार्यको प्रस्तावमा पनि गोर्खाका मुद्धालाई प्राथमिकतामा राख्नुभएको थियो । अहिले हामीसंग पनि त्यही स्पिरिटमा छलफल भएको छ । तपाईंहरु अघि बढ्नोस्, म सधैं साथमा रहन्छु भन्नुभएको छ’, टास्कफोर्स संयोजक गुरुङले भने ।

त्यसअवसरमा एनआरएनए आइसीसी गोर्खा टास्कफोर्सले गरिरहेका कार्यहरुबारे संयोजक गुरुङले राजदूतलाई जानकारी गराएका थिए ।

गोर्खाहरुको नागरिकता निरन्तरता र समान अधिकारका पक्षमा नेपालमै गएर राजनीतिक स्तरमा लबिङ गर्ने योजना कोभिडका कारण पर सरेको उनले बताए । गत जुन मा टास्कफोर्सकै पहलमा एनआरएनए केन्द्रीय सचिवालयमार्फत् नेपाल सरकारका प्रधानमन्त्री, सभामुख र कानून मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको स्मरण गराउँदै संयोजक गुरुङले त्यसयता निरन्तर ‘फलोअप’ को काम पनि भइरहेको जानकारी गराए ।

त्यसअवसरमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले गोर्खाहरुको एजेन्डा आफूहरुको पहिलो प्रथमिकता रहंदै आएको भन्दै सोहीअनुसार लबिङ गर्दै आएको बताइन् ।

एनआरएनए पदाधिकारीहरुले एनआरएनए यूकेको गोर्खा विभागले हालै गरेको कार्यक्रममा देखिएका प्रक्रियागत त्रुटिहरुबारे ध्यानाकर्षण भएको तर गोर्खाहरुको हितमा केन्द्रित कार्यक्रमको उद्धेश्य र मर्मप्रति आफूहरुको पूर्ण समर्थन रहेको पनि स्पष्ट पारेका थिए ।  

राजदूतलाई ज्ञापनपत्र

सोही अवसरमा एनआरएनए आइसीसी गोर्खा टास्कफोर्सका तर्फबाट राजदूत रेग्मीलाई एक ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा गोर्खाहरुको नागरिकता निरन्तरता र समान अधिकारसहितका सवालमा अहिलेको वस्तुस्थितिबारे राजदूतलाई अवगत गराउँदै समस्याको समाधानमा प्रभावकारी पहलको लागि आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउन संयोजक लेफिटनेन्ट चन्द्रबहादुर गुरुङसंगै टास्कफोर्सका सहसंयोजक योगकुमार फगामी, प्रवक्ता मेजर कृष्णबहादुर गुरुङ, सचिव हरि गुरुङ, सल्लाहकार काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराई लगायत दूतावास गएका थिए ।

त्यसअवसरमा एनआरएनएका तर्फबाट बेलायतका लागि नवनियुक्त राजदूत रेग्मीसंगै उपनियोग प्रमुख रोशन खनाल र मिलिटरी एट्याची रत्नबहादुर गोदारलाई पनि स्वागत गरिएको थियो ।

एनआरएनए पदाधिकारी र दूतावासका अधिकारीहरुबीच एक-आपसरमा सहकार्य र समन्वय हुन सक्ने अन्य विषयहरुबारे पनि छलफल भएको थियो ।

ज्ञापनपत्र जस्ताको तस्तै:

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू