शनिबार, साउन १२, २०८१
02:13 | ०६:५८

पहिलो वार्षिकोत्सवमा नेपाली लिंकलाई शुभेच्छा

नेपाली लिङ्क अप्रिल १४, २०२१

लन्डन । नेपाली लिंकको पहिलो वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देशहरु प्राप्त भएका छन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगरले छुट्टाछुट्टै सन्देशमार्फत् बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

राजदूत रेग्मीले आफ्नो शुभकामना सन्देशमा नेपाली लिंकले समाचार तथा सूचना प्रवाह गरी नेपाली समुदायलाई पुर्याएको योगदानको प्रसंशा गरेका छन् ।

अनलाइन मिडियाको क्षेत्रमा नेपाली लिंकले विशिष्ट पहिचान कायम गर्न सकोस् भन्ने शुभेच्छा समेत उनले व्यक्त गरेका छन् ।

त्यस्तै, एनआरएनए यूके अध्यक्ष  गुरुङले शुभकामना सन्देशमा प्रकाशनको पहिलो वर्षमै नेपाली लिंक बेलायतका नेपालीमाझ अग्रणी, विश्वसनीय र जिम्मेवार मिडियाका रुपमा स्थापित भएको उल्लेख गरेकी छन् ।

देश तथा विदेशका नेपालीलाई सुसूचित गर्ने नेपाली लिंकको अभियान आगामी दिनमा थप सशक्त बन्ने विश्वास उनले व्यक्त गरेकी छन् । समुदायको हितका खातिर एनआरएनए यूकेबाट आवश्यक साथ, सहयोग र सहकार्यका लागि अध्यक्ष गुरुङले प्रतिवद्धता पनि जनाएकी छन् ।

 

यसैगरी, पत्रकार महासंघ यूके अध्यक्ष खपांगीमगरले बेलायतमा रहेका नेपालीहरुलाई नेपालसंग जोडिराख्ने कार्यमा नेपाली लिंकको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।

आफ्नो शुभकामना सन्देशमा उनले प्रवासमा नेपाली पत्रकारिता आफैमा चुनौतिपूर्ण रहेको उल्लेख गर्दै नेपाली लिंक सोहि चुनौतिलाई पार गरी गतिशिल रुपमा अघि बढोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू