शनिबार, साउन १२, २०८१
03:15 | ०८:००

पारिजात जयन्तीमा अनेसास यूकेको नयाँ वर्ष र राजदूत स्वागत कार्यक्रम

नेपाली लिङ्क अप्रिल १३, २०२१

 

लण्डन ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाले ८४ औं पारिजात जयन्तीको अवसरमा एक साहित्यिक कार्यक्रमको तयारी गरेको छ।

१७ अप्रिलका दिन दिउँसो १:१५ देखि जुममार्फत हुने उक्त कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीको स्वागत तथा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने योजना छ।  

कार्यक्रमलाई पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमी र पूर्व अध्यक्ष तथा प्राज्ञ लक्ष्मी मालीले सम्बोधन गर्नेछन् भने स्रष्टा शरद प्रधानबाट पारिजात र उनका साहित्यिक कृतिका बारेमा समालोचना हुनेछ। 

संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुमलकुमार गुरुङको विशेष वाचन रहने कार्यक्रममा बेलायतभरका साहित्यकारहरुको साहित्यिक जमघट रहने छ। 

कार्यक्रमको तयारी तीव्र भइरहेको कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू