शनिबार, साउन १२, २०८१
06:00 | १०:४५

इंग्ल्याण्डमा ४५ वर्ष माथिका सबैलाई खोप दिन शुरु

नेपाली लिङ्क अप्रिल १३, २०२१

लन्डन ।  इंग्ल्याण्डमा ४५ माथिका सबैको लागि कोभिड खोप दिन शुरु गरिएको छ ।  

५० वर्ष उमेर कटेका तथा स्वास्थ्यमा उच्च जोखिम रहेका सबैलाई खोपको पहिलो डोज दिइएपछि अब ४५ माथिको उमेर समूहलाई पनि खोप बांड्न थालिएको हो ।  

४५ वर्षमाथि उमेर हुनेहरुले ‘एनएचएस इंग्ल्याण्डको वेबसाइट’ मार्फत् खोपका लागि अपोइन्ट्मेन्ट बुक गर्न सक्नेछन् ।  

बेलायत सरकारले आउंदो जुलाई अन्त्यसम्ममा सबै वयस्कलाई खोप दिने लक्ष्य राखेअनुसार नै अहिले ४५ वर्ष माथिको उमेर समूहलाई खोप दिन शुरु गरिएको हो ।  

सरकारले खोपको लागि उच्च प्राथमिकतामा राखेका विभिन्न ९ समूहका सबैलाई अप्रिल १५ भित्र खोपको पहिलो डोज दिने लक्ष्य पूरा गरेको छ ।  

यससंगै अब ५० वर्षमुनिका स्वस्थ मानिसहरुलाई पनि खोप दिन थालिएको छ ।  

बेलायतकै वेल्स र नर्दन आयरल्यान्डमा भने ४० वर्ष माथिका सबैलाई खोप दिन शुरु गरिसकिएको छ ।  

बेलायतमा हालसम्म ३ करोड २० लाख बढीले कोभिड खोपको पहिलो डोज पाइसकेका छन् । दुवै डोज पाउने पनि ७० लाख बढी पुगेका  छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू