शनिबार, साउन १२, २०८१
01:49 | ०६:३४

खनाल नेपाल समूहको १३ मुलुकमा प्रवास संगठन पुनर्गठन

नेपाली लिङ्क अप्रिल १२, २०२१


लन्डन । नेकपा एमाले (झलनाथ खनाल-माधवकुमार नेपाल समूह) ले आफू निकट प्रवासका संगठनहरु पुनर्गठन गरेको छ । नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा सोमबार भर्चुअल भेलामार्फत १३ मुलुकका कमिटीहरु पुनर्गठन गरिएको हो ।

एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यमा भएको नेता-कार्यकर्ता भेलामा प्रवास इन्चार्ज रामकुमारी झांक्रीले प्रवासी नेपाली मञ्च पुनर्गठनको जानकारीसहित नामावली पढेर सुनाएकी थिइन् ।

उक्त भेलालाई सम्बोधन गर्दै नेता नेपालले एकीकृत एमाले निर्माणमा प्रवासी मञ्चहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले विधि र पद्दति निर्माणका लागि पार्टी भित्र संघर्ष चलिरहेको जनाउंदै आगामी दिनमा जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन पनि निर्देशन दिए ।

एमाले उपाध्यक्ष भीम रावलले पार्टी भित्र पद्दतिको लडाईं जारी रहेको बताए । प्रवास मध्यपूर्व इन्चार्ज श्रीप्रसाद शाहले बाँकी देशहरुमा पनि छिट्टै संगठन विस्तार गरिने जनाए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सञ्चालन गरेको कार्यक्रममा मञ्च युरोप सचिव सुवास पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

यस्तो छ जिम्मेवारी बांडफांड
प्रवासी नेपाली मञ्च, जर्मनीको अध्यक्षमा कृष्ण देवकोटा, महासचिव अक्कल लामा (स्याङतान) र सदस्यहरु रूपकराज काफ्ले, रबि ढुंगाना, शिबराज मरहट्टा, मनोज रायमाझी र युरोप प्रतिनिधि कुम्भराज रेग्मी छन् । सल्लाहकारमा डा. नवराज रोस्यारा र दावागेल्जे शेर्पा छन् ।

प्रबासी नेपाली मञ्च स्वीट्जरल्याण्ड अध्यक्ष सञ्जय मुडभरी, उपाध्यक्ष बिदुर संग्रौला, महासचिव धर्म गुरुङ र कोषाध्यक्ष अशोक पाण्डे छन् । हरी पाण्डे, सरोज यादब र एलिना पोखरेल सदस्य छन् । युरोप प्रतिनिधिमा सुवास पोखरेल चुनिए ।

प्रवासी नेपाली मञ्च यूकेमा अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा २५ सदस्यीय विद्यमान कमिटीमा निम्नानुसार थप गरी प्रवासी नेपाली मञ्च युकेको पुनर्गठन गरिएको छ । प्रमुख सल्लाहकारमा डा. अच्युत गौतम र युरोप प्रतिनिधिमा रामप्रसाद बगाले, कृष्ण भण्डारी, रविन्द्र कंडेल र उमेशराज मोक्तान छन् ।

प्रवासी नेपाली मञ्च, बेल्जियमको अध्यक्ष अर्जुन दाहाल, सचिव रमेश कंडेल, सदस्यहरु प्रकाश कार्की, बद्री लोहनी, शंकर श्रेष्ठ, कृष्ण खतिवडा, राजेन्द्र तिमल्सिना, सरोज बिक्रम केसी, शंकर बजगाई र प्रमेश कंडेल तथा युरोप प्रतिनिधि कृष्ण न्यौपाने छन् ।

त्यसैगरि, प्रवासी नेपाली मञ्च रसियाको अध्यक्षमा डा. मन मुर्ति भुर्तेल, सचिव इन्द्र प्रसाद भुसाल, सदस्यहरु गणेश रामदाम, मिलन कट्टेल, मोहनलाल चापागाई, कमल सापकोटा, संज्ञान कार्की, दुर्गा बहादुर भट्टराई, हिमाल खनाल, उमेश प्रसाद, मोतिलाल भट्टराई, इन्द्रप्रसाद अर्याल, भक्तबहादुर सार्की, राजन रामदाम र सुनिल थापा चुनिएका छन् ।

प्रवासी नेपाली मञ्च, स्वीडेनमा अध्यक्ष प्रेम गौतम, सचिब प्रदीप सापकोटा, सदस्यहरु बिनोद बाँनिया र अनुप शर्मालगायत २१ सदस्यीय कमिटी बनेको छ ।

प्रवासी नेपाली मञ्च, साइप्रस अध्यक्षमा चिन्तन बुढा मगर, वरिष्ठ उपाध्यक्ष आयुष्मा गुरुङ, महासचिव प्रेम मिजार, सचिव गोमा माझी, कोषाध्यक्ष बुद्ध मान तामाङ छन् । सदस्यहरुमा नानू लिम्बू, निर्पा साउद ,आरती देवी महतो, साइना चौधरी, एलिसा तामाङ्ग, तेज राना, सबिना राना, प्रेम मिजार, प्रबिन पुन मगर, निरोज मैनाली, विष्णु बुढाथोकी, सुनिता राना, कुमारी पूर्जा मगर, निस्मा पुन, दिलिसा थापा, राजन लिम्बू, मार्था राई, दिल माया पुन मगर, अमिसा लिम्बू, माया तामाङ र लक्ष्मी चौधरी चुनिएका छन् ।

प्रवासी नेपाली मञ्च, नर्बे अध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिव जय गुरूङ, सदस्यहरुमा सन्तोष खड्का, सुमिना काफ्ले, शैलेन्द्र सिग्देल, अभिशेक आचार्यलगायत १९ सदस्यीय कमिटी छ भने युरोप प्रतिनिधिमा हेमराज जोशी छन् ।

प्रवासी नेपाली मञ्च, आयरल्याण्डमा अध्यक्ष राजन काफ्ले, सचिव चिन्तामणि सापकोटा, सदस्यहरु याम बहादुर उप्रेती, भरत सुबेदी, सन्तोष शर्मालगायत छन् ।

प्रवासी नेपाली मञ्च, पोल्याण्ड अध्यक्षमा टंक कटुवाल, महासचिव मीनबहादुर पाण्डे सदस्यहरुमा अनमोल, एसबी, मोहनकाजी थापा, दिवश पांचकोटी, सन्तोष शर्मा, दिब्या सुन्दास, सूर्य सुब्बा, दुर्गा मगर र पवन बास्तोला तथा युरोप प्रतिनिधिमा शेरबहादुर परियार छन् ।

त्यस्तै प्रवासी नेपाली मञ्च, फिनल्याण्ड अध्यक्षमा मनोज भुसाल, उपाध्यक्षमा रुक्मिणी भट्टराई, सचिव र युरोप प्रतिनिधि नवीन भट्टराई, सहसचिव रामहरि भुसाल र कोषाध्यक्ष कृष्ण चौहान छन् । त्यस्तै सदस्यहरुमा सुरज रानाभाट, प्रतिभा खनाल, कृष्ण प्रसाद पराजुली, अनिल ढकाल, दिपक पौडेल, सागर खरेल, हिमाल घिमिरे र सुमन खड्का छानिएका छन् ।

प्रवासी नेपाली मञ्च पोर्चुगल अध्यक्षमा रोबोट लिम्बु, महासचिवमा राजकुमार थापा, युरोप प्रतिनिधिहरुमा निराजन सुवेदी छन् । त्यस्तै सदस्यहरुमा साइला लामा, माया खरेल, गित राना, लक्ष्मी भट्टराई, सुधीर अर्याल, हेम गुरुङ, प्रेम लिम्बु, राज कुमार लिम्बु, पेम्छिरी शेर्पा, कामना सिंह, दिपेन्द्र दंगाली, सालिक राम सुबेदी, प्रभाकर विक्रम निरौला, राम कुमार श्रेष्ठ, मिलन थापा मगर, सेमन्त खड्का, राज गुरागाई (कृष्ण), सुवास बस्नेत, लक्ष्मी घले, सुमन खरेल, जितेन्द्र खड्का, रुपेन्द्र धमला, रायन श्रेष्ठ, निर्माण गुरुङ, सितल लिम्बु, कोपिला थापा, विशाल केसी, पुरानो कमिटी पोर्तुगलबाट बाहिर गएका बलराम पौडेल, गोबिन्द सापकोटा, यज्ञ तिम्सिना, मणिराम नेपाली र तुलसीराम थपलिया छन् ।

प्रवासी नेपाली मञ्च नेदरल्याण्डमा धनकुमार बोहराको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू