शनिबार, वैशाख ८, २०८१
20:08 | ००:५३

बेलायतका श्रष्टा हितान वातावरणीय गीत लिएर दर्शक-श्रोतामाझ

नेपाली लिङ्क अप्रिल ११, २०२१

विजय हितान

लन्डन– बेलायतस्थित एकजना नेपाली श्रष्टा विजय हितानले वातावरणीय गीत ‘संरक्षणका हातहरू’ सार्वजनिक गरेका छन् ।

अर्थ आवरको मौका पारेर २७ मार्च २०२१ का दिन बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरि गीत सार्वजनिक गरिएको हो । यसको लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट रिलिज गरिएको छ । (भिडियो लिंक तल छ)

गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने स्वर नवराज थापाको छ । नवराज थापालाई उदित नारायण झा जस्तै स्वर भएको गायक भनेर पनि कतिपयले संगीत क्षेत्रमा चिन्छन् । यसको लिरिकल भिडियो भने सुरेन्द्र इंगनामले निर्माण गरेका हुन् । ‘स्रोता दर्शकको प्रतिकृया आउन बांकी छ तर आफैंलाई गीतबाट अति आत्मसन्तुष्टि मिलेको अनुभव गरेको छु’, हितानले भन्छन् ।

सोहि दिन भर्चुअल माध्यमद्वारा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले ‘इको गीत वाचन तथा सृजना कार्यक्रम’ गरेको थियो । उक्त कार्यक्रममा पनि यस गीतको लिरिकल भिडियो प्रदर्शन गरिएको थियो । प्रदर्शन पछि हितानले उपस्थित सर्जकहरुमाझ भने, ‘रहरहरू अनेक हुन्छन् मान्छेका । मेरा पनि थिए र छन् । कोही माया पिरतीका गीत लेख्ने गर्छन् । तर मेरो इको अर्थात् वातावरणीय गीत लेख्ने एउटा रहर आज पूरा भएको छ ।

हितानका शब्दमा यो प्रथम रेकर्डेड गीत हो । हितान पेशाले वातावरणबिज्ञ र नेपाली इको साहित्यका एक अभियन्ता पनि हुन् ।

‘अर्थ आवर’ एक अन्तर्राष्ट्रिय स्तरको वातावरणीय जनचेतना फैलाउने कार्यक्रम हो । यो प्रत्येक वर्ष मार्चको अन्तिम शनिवार बेलुका ८.३० देखि ९३० बजेसम्म बिजुली बत्ति निभाएर मनाइन्छ ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू