शुक्रबार, चैत १६, २०८०
05:13 | १०:५८

बेलायतमा ३ करोड ९० लाख बढी खोप वितरण

थप ४० जनाको निधन 

नेपाली लिङ्क अप्रिल १०, २०२१


लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको निधन भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्म एकसातामा २५४ जना संक्रमितको मृत्यु भएको छ ।

मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जानाएको छ । कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या हालसम्म एक लाख २७ हजार ८० पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार पांच सय ८९ जना संक्रमित थपिएका छन् । गएको एक हप्तामा १८ हजार ९७० जना संक्रमित थपिएका छन् ।

यहाँ संक्रमितको कुल संख्या ४३ लाख ६८ हजार ४५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३२ प्रतिशतले ह्रास आएको हो ।

३ करोड ९० लाख  बढी खोप वितरण

बेलायतमा तीन करोड ९० लाख बढी कोरोना खोपका डोज वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९० लाख १ हजार ५५४ डोज खोप वितरण भएको हो ।

तीन करोड २० लाख १० हजार २४४ जनाले खोपको पहिलो र ६९ लाख ९१ हजार ३१० जनाले दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्धको तीन छुट्टाछुट्टै कम्पनीका खोप वितरण भइरहेको छ ।

यसअघि फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेका खोप वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्वारा उत्पादित ‘मोडर्ना’ खोपको वितरण पनि शुरु गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू