बुधबार, वैशाख १२, २०८१
22:06 | ०२:५१

बेलायती महारानीका पति ‘प्रिन्स फिलिप’ को ९९ वर्षमा निधन

नेपाली लिङ्क अप्रिल ९, २०२१

लन्डन ।  बेलायती महारानीका पति प्रिन्स फिलिपको निधन भएको छ । उनको शुक्रबार बिहान ९९ वर्षको उमेरमा निधन भएको बकिङहम राजदरबारले जनाएको छ ।

महारानी र पति फिलिपको निवास रहेको विन्डसर क्यासलमा उनको निधन भएको हो ।  

गहिरो दुःखका साथ रानीले उनका श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी बकिङहम राजदरबारले जारी गरेको विज्ञप्तिमा छ ।

गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

राजकुमार फिलिपको जन्म सन् १९२१, जुन १० तारिखमा ग्रीक आइल्यान्ड ‘कोर्फु’ मा भएको हो । सन् १९४७ नोभेम्बर २० मा उनी तत्कालिन राजकुमारी एलिजावेथसँग वैवाहिक बन्धनमा बांधिएका थिए । विवाहको ५ वर्षपछि एलिजावेथ महारानी घोषित भएकी थिइन् । 

महारानी र राजकुमार फिलिपका ४ सन्तानका साथै ८ नाती-नातिना र १० पनाती-पनातिना छन् ।  

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजकुमार फिलिपको निधनमा दु:ख व्यक्त गरेका छन् । उनले जीवनमा अनगिन्ती युवाहरुलाई प्रेरित गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले बेलायतीहरुमाझ राजसंस्था आजको अवस्थामा रहनुमा उनको विशेष योगदान रहेको स्मरण गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू