शुक्रबार, वैशाख ७, २०८१
15:42 | २०:२७

बेलायतवासी गीतकार गिरीले ल्याए ‘मन खाने माया’ (भिडियो)

नेपाली लिङ्क अप्रिल ९, २०२१

गीतकार दीप गिरी

लन्डन । बेलायतवासी गीतकार दीप गिरीको सिर्जनामा नयाँ गीत ‘मन खाने माया’ सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियो शुक्रबार युट्युवबमार्फत रिलिज गरिएको गीतकार गिरीले बताए ।

‘मन खाने माया’ मा नेपाल आइडलका तेस्रो रनर अप गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीले आवाज दिएका छन् ।

गीतमा संगीत रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता संगीतकार शंकर थापा ‘स्माइल’ ले भरेका छन् । संगीत संयोजन विश्व अधिकारीले गरेका छन् ।

गीतको म्यूजिक भिडियो गणेश शाहले निर्देशन गरेका छन् भने कोरियोग्राफी रोनीको छ । भिडियोमा डिमोन क्षेत्री, रोनी, श्रृजना जिसी, स्मृति श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय छ । म्यूजिक भिडियोको निर्मात्री सविता गिरी छन् ।

हेर्दै नाच्न मन लगाउने कमर्सियल खालको म्यूजिक भिडियो बनेको गीतकार गिरीले सुनाए ।

लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार गिरीले लेखेका आधा दर्जन गीतहरु यसअघि नै रिलिज भइसकेका छन् ।

वि सं. २०४९ सालमा संगीतकार राजु सिंहसंगै प्रतिबिम्व ब्याण्डमा जोडिएपछि उनले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए । अहिलेसम्म उनको रचनामा कर्णदास, साधना सरगम, जोन, धनुषा सिंह, योजना पुरी, राज खम्बु लगायतका चर्चित गायक गायिकाले आवाज दिइसकेका छन् ।

संगीतकार हरि लम्सालको संगीत र बेलायतस्थित गायक सुजन पराजुली र गायिका दिब्यानी शर्माको स्वरमा गिरीकै रचनाको अर्को नयाँ गीत रेकर्ड भइसकेको छ ।

हेरौं म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू