शनिबार, साउन १२, २०८१
06:40 | ११:२५

युरोपेली युनियनद्वारा उत्तरी आयरल्याण्ड हिंसाको निन्दा 

रासस-सिन्ह्वा अप्रिल ९, २०२१

फोटो बीबीसी

ब्रसेल्स, २७ चैत–युरोपेली आयोगले संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको हो ।

‘गएका केही दिनयता उत्तरी आयरल्याण्डमा भएका हिंसाका कार्यहरुको यस युरोपेली आयोग कडा शब्दमा निन्दा गर्दछ’– बिहीबार सो आयोगले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ– ‘यस्तो प्रकारको हिंसा कदापी मान्य छैन्, यसबाट कसैले पनि केही प्राप्त गर्न सक्दैनन्, त्यसैले यस्ता हिंसात्मक गतिविधिहरु तुरुन्त रोकेर नागरिकको सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।’

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि यस्तो खालका हिंसात्मक गतिविधिहरु तुरुन्त रोक्न आग्रह गरेका छन् । उनले नागरिकका जे जस्तो सुकै मागहरु भए पनि ती सबै शान्तिपूर्ण वार्ताको माध्यमबाट गर्न सकिने भन्दै त्यसका लागि प्रयत्न गर्न आग्रह पनि गरेका छन् ।

ब्रेक्जिट विषयलाई लिएर उत्तरी आयरल्याण्डमा केही समय यतादेखि दंगाहरु भइरहेको छ । प्रदर्शनकारीहरुले हिंसात्मक रुपमा आफ्ना प्रदर्शन गरिरहेका बताइएको छ ।

प्रदर्शनले हिंसात्मक रुप लिन सक्ने भन्दै यस्ता विरोधहरुलाई शान्तिपूर्ण रुपमा राख्न तथा सबै समस्याको समाधान वार्ताका माध्यमबाट नै खोज्न बेलायतका प्रधानमन्त्री जोन्सनले पटक पटक आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू