बिहीबार, चैत १५, २०८०
11:00 | १६:४५

नेपालमा संक्रमण बढ्दो, थपिए ३३२ संक्रमित

नेपाली लिङ्क अप्रिल ८, २०२१

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या दुई लाख ७३ हजार ६०८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४५४ छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् । 

हालसम्म नेपालमा २३ लाख दुई हजार १७३  को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू