शनिबार, वैशाख १५, २०८१
19:41 | ००:२६

एमालेमा लागेका ४ ‘माओवादी’ मन्त्रीको सांसद पद खारेज

रासस अप्रिल ८, २०२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्यको पद रिक्त भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भइ केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराए   

उनीहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू