शनिबार, वैशाख ८, २०८१
11:42 | १६:२७

बेलायती अध्ययनको निष्कर्ष: रेड वाइन पिउँदा आँखालाई फाइदा

नेपाली लिङ्क अप्रिल ७, २०२१

लन्डन । रेड वाइन पिउँदा मानिसको आँखालाई फाइदा पुग्ने एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एउटा अध्ययन अनुसार हप्तामा बढीमा ६ ग्लाससम्म रेड वाइन पिउँदा मोतियाविन्दुको खतरा कम हुने देखाएको छ ।

लण्डनको मूरफिल्ड आइ हस्पिटल एनएचएस फाउन्डेसन ट्रष्ट र युनिभर्सिटी कलेजका वैज्ञानिकले ४ लाख ९० हजार भन्दा बढी मानिसको मेडिकल तथा लाइफस्टाइलको अध्ययन गरेका थिए । यी मानिसलाई बेलायतको बायोबैंकले गरेको एक अध्ययनमा सामेल गराइएको थियो ।

अध्ययन अनुसार जो मानिसले सरकारद्वारा निर्धारित मात्रा अनुसारको हप्तामा १४ युनिट रेड वाइन पिउने गर्दछन्, उनीहरुमा मोतियाविन्दुको शल्यक्रिया गर्नु नपरेको पाइएको थियो । एपिक नरफोल्क अध्ययनका अनुसार बियर वा स्कच पिउनेभन्दा वाइन पिउनेलाई फाइदा हुने देखिएको बताइएको छ ।

नेश्नल हेल्थ सर्भिस (एनएचएस) को अध्ययन अनुसार रेड वाइनका ‘मोडरेट ड्रिंकर्स’ लाई  मोतियाविन्दु हुने सम्भावना २३ प्रतिशत कम हुने समेत जनाइएको छ । साथै रेड वाइन वा रक्सी सेवन नगर्नेमा यो खतरा ज्यादा देखिएको छ । वाइनमा केही यस्ता एण्टी अक्सीडेन्टस हुन्छन् जसले आँखामा हुने मोतियाविन्दु बाट टाढा राख्ने काम गर्छ ।

मोतियाविन्दुमा आँखाको नानीको वरपर धमिलो जालो बन्ने गर्छ । जसका कारण आँखा कम देखिने हुन जान्छ । यो धेरैजसो वयस्क मानिसलाई हुने गरेको पाइन्छ । यस्तोमा मोतियाविन्दुको उपचार भनेको शल्यक्रिया नै हो । बेलायतमा हरेक वर्ष ४ लाख ५० हजार भन्दा धेरै मोतियाविन्दुको शल्यक्रिया हुने गरेको छ ।

अध्ययनमा हप्तामा पाँच वा छ पटक रेड वाइन पिउनेको तुलनामा सेवन नगर्ने मानिसलाई मोतियाविन्दुको खतरा २३ प्रतिशत धेरै रहेको समेत देखाइएको छ । त्यस्तै यूके बायोटेक स्टडीका अनुसार बियर तथा स्कच पिउनेहरूलाई यो खतरा १४ प्रतिशत मात्रै कम हुने पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू