मंगलबार, वैशाख ४, २०८१
09:31 | १४:१६

बेलायतमा नयाँ वर्ष मनाएर चितवनको अपांगमैत्री पुस्तकालयलाई सहयोग जुटाइंदै

अधिवेशन जुलाई ४ मा

नेपाली लिङ्क अप्रिल ७, २०२१

लन्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले यही अप्रिल २४ तारिखमा भर्चुअल माध्यमबाटै नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम गर्ने भएको छ ।

‘नयाँ वर्ष शुभकामना तथा च्यारिटी सांगीतिक साँझ’ मार्फत् चितवनमा निर्माणाधिन अपांगमैत्री पुस्तकालयलाई आर्थिक सहयोग जुटाउने लक्ष्य छ ।

त्यस अवसरमा विश्वभर छरिएका चितवनेलीहरुको प्रतिनिधिमुलक सहभागिता गराइने अध्यक्ष जीवन सेनले बताएका छन् ।

अपांगमैत्री पुस्तकालय सहयोगार्थ कोष संकलनका लागि क्याट यूकेका च्यारिटी विभाग संयोजक राजेन्द्र सुवेदीलाई संयोजक तोकिएको छ ।

गत आइतबार सम्पन्न कार्यसमिति बैठकले आवश्यकताअनुसार आर्थिक संकलन समिति बिस्तार गर्ने निर्णय गरेको महासचिव टिएन रिजालले जानकारी दिए ।

अपांगमैत्री पुस्तकालयका लागि हुन लागेको च्यारिटी सांगीतिक साँझमा सहभागिता र सहयोगको लागि क्याट यूकेले बेलायतवासी नेपालीमा आव्हान गरेको छ ।

पुस्तकालयलाई सहयोगको शुभारम्भ गर्दै आर्थिक संकलन संयोजक राजेन्द्र सुवेदीले १२ सय १ पाउण्ड सहयोग गरेका छन् ।

‘नेपाल जर्नी’ नामक संस्थाले भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा करिब ३ करोडको लगानीमा शैक्षिक सामागरी, शारिरिक अभ्यासका सामग्रीहरू समेतको व्यवस्था भएको  पुस्तकालय निर्माण गर्न लागेको हो । बेलायतका लागि संस्थाका प्रोजेक्ट कोअर्डिन्टर एवम् क्याट यूकेका सल्लाहकार यादव श्रेष्ठ र उनको टीमका राजु आचार्य, विष्णु लामिछाने, खिम गौतम लगायतले परियोजनाको लागि बेलायतबाट सहयोगको समन्वय गरेका छन् ।

अधिवेशन जुलाई ४ मा

बैठकले संस्थाको नवौं अधिवेशन आगामी जुलाई ४ तारिख साउथ इष्ट लन्डनमा गर्ने निर्णय गरेको छ । अधिवेशन संयोजनको जिम्मा अध्यक्ष जीवन सेनलाई दिइएको छ ।

अधिवेशनमार्फत् नयाँ कार्यसमितिको निर्वाचनका लागि संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पूर्व अध्यक्षहरु राजेन्द्र खरेल र अध्यक्ष देवेन्द्र श्रेष्ठ तथा पूर्व उपाध्यक्षहरू टिका पौडेल र कृष्ण तिवारीसहितको ५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।

निर्वाचन आयुक्तको जिम्मा पूर्व अध्यक्ष राजेन्द्र खरेललाई लगाइएको जानकारी संस्थाका महासचिव रिजालले जानकारी गराए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू