मंगलबार, वैशाख ११, २०८१
13:57 | १८:४२

इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाउने प्रधानमन्त्रीको घोषणा

नेपाली लिङ्क अप्रिल ५, २०२१

प्रधानमन्त्री बोरिस जोन्सन । तस्बिर एपी

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा सोमबार सांझ सम्बोधन गर्दै प्रधानमन्त्रीले आउंदो सोमबारदेखि पूर्व घोषित रोड म्याप अनुसार नै अत्यावश्यक बाहेकका पसल, जिम, हेयर ड्रेसर एवं पब तथा रेष्टुरेन्टहरु बाहिर सर्भ गर्ने गरि पुनः खुल्ला हुने जनाएका हुन् ।

स्पा, थिम पार्क, चिडियाखाना, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुल्नेछन् । प्रधानमन्त्रीले पूर्व घोषित ‘रोडम्याप’ मा हेरफेर हुने सम्भावना कम रहेको पनि प्रष्टयाए । अप्रिल १२ पछि केयर होम बस्नेहरुले अतिरिक्त मानिस भेट्नका लागि बोलाउन सक्नेछन् ।

तर प्रधानमन्त्री जोन्सनले ‘आत्मसन्तुष्ट हुन नहुने’ भन्दै चेतावनी पनि दिए ।

प्रधानमन्त्रीले आगामी १७ मेमा लकडाउन थप खुकुलो बनाउने क्रममा विदेश यात्रा शुरु हुन सक्ने आशा सरकारको रहेको पनि बताएका छन् । तर, युरोपसहित अन्य देशमा कोरोना भाइरस संक्रमण बढिरहेकाले अन्तर्राष्ट्रिय यात्रा सुचारुको मिति अहिले नै तय गर्न भने धेरै हतार हुने उनको भनाइ थियो ।

ग्लोवल ट्राभल टास्कफोर्सले यसैसाता लिजर ट्राभल कहिले सुचारु गर्ने भन्नेबारे प्रतिवेदन पेश गर्ने बताइएको छ ।

उनले कोभिड स्टयाटस सर्टिफिकेटको भूमिकाबारे अधिकारीहरुले अध्ययन गरिरहेको पनि बताए । भ्याक्सिन पासपोर्टको परीक्षण ९ इभेन्ट्समा गरिने भएपनि अप्रिल र मेमा भ्याक्सिन पासपोर्ट लागू हुने छैन् ।

प्रधानमन्त्री जोन्सनले बेलायतमा खोप वितरण सफलतापूर्वक भइरहेको जनाउंदै प्रमाणहरुले खोपपछि अस्पताल भर्ना हुने र मर्ने मानिसमा कमी आएको देखाएको पनि जनाए ।

सरकारका बैज्ञानिक सल्लाहकारहरुले भने जुन २१ मा लकडाउन पूर्णरुपमा अन्त्य गरिएपछि भाइरसको अर्को लहर आउने सम्भावना औंल्याएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू