शुक्रबार, वैशाख ७, २०८१
01:20 | ०६:०५

बेलायतमा घट्दै मृतक

थप २६ जनाको निधन

नेपाली लिङ्क अप्रिल ५, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २६ जनाको निधन भएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८६२ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार सात सय ६२ संक्रमित थपिएका छन् । यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६२ हजार १५० पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्यामा पनि क्रमश: ह्रास आउंदै गएको छ ।

हाल बेलायतमा ‘इष्टर होलिडे’ भएकोले कोरोना अपडेट नियमित भएपनि वास्तविक तथ्यांकमा फरक पर्न सक्ने स्वास्थ्य विभागले जनाएको छ जसका कारण मंगलबारपछिका दिनमा संक्रमित र मृतक संख्यामा केहि वृद्धि हुन सक्छ ।

३ करोड ७० लाख भन्दा बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता तीन करोड ७० लाख भन्दा बढी डोज वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७० लाख १३ हजार ७४९ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड १५ लाख ८१ हजार ६२३ जनाले खोपको पहिलो र ५४ लाख ३२ हजार १२६ जनाले दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू