बुधबार, वैशाख १२, २०८१
16:44 | २१:२९

बेलायतमा ‘कोभिड पासपोर्ट’ लागू गर्ने तयारी

अप्रिल अन्त्यदेखि परीक्षण

नेपाली लिङ्क अप्रिल ४, २०२१

लन्डन । बेलायत सरकारले अघि सारेको ‘कोभिड पासपोर्ट’ को योजना परीक्षणका लागि कार्यान्वयनमा लगिने भएको छ ।

सरकारले पाइलट प्रोजेक्टका रुपमा यही महिनाको अन्त्यदेखि नै कोभिड पासपोर्ट लागू गर्ने तयारी गरिरहेको छ ।  

लकडाउन खुकुलो भएपछि खेलकुदका इभेन्ट, सम्मेलन-गोष्ठीहरु, नाइट क्लब लगायतमा मानिसहरु जम्मा हुँदा संक्रमण नफैलिने वातावरण निर्माणका लागि भन्दै सरकारले कोभिड पासपोर्टको अवधारणा बनाएको हो ।  

कोभिड पासपोर्टमा सम्बन्धित मानिसले कोभिड खोप लिए वा नलिएको, पछिल्लो समय कोभिड परीक्षणको नतिजा नेगेटिभ आए नआएको र पछिल्लो ६ महिनामा कोभिड संक्रमण भएर त्यसविरुद्ध ‘एन्टीबडी’ तयार भए नभएको जस्ता विवरण समावेश हुनेछन् ।  

सरकारले सार्वजनिक यातायात वा अत्यावश्यक सामग्रीका स्टोरहरुमा भने कोभिड पासपोर्ट अनिवार्य नगरिने जनाएको  छ ।  

त्यस्तै, अप्रिल १२ देखि संचालनमा आउन लागेका रिटेल तथा ‘आउटडोर सिटिङ’ मा मात्रै खुला हुने पब, रेष्टुरेन्टहरुमा पनि कोभिड पासपोर्ट आवश्यक पर्नेछैन् ।  

कोभिड पासपोर्ट कार्यान्वयनले कोभिड खोप लिने र नलिनेहरुबीच राज्यस्तरबाटै भेदभावपूर्ण व्यवहार हुने भन्दै कतिपयले आलोचना समेत गरेका छन् ।  

परीक्षणका रुपमा कोभिड पासपोर्टको कार्यान्वयन मे मध्यसम्म कायम राख्ने सरकारको योजना छ । जुन अवधिमा एफए कपका सेमिफाइनल तथा फाइनल खेलहरुदेखि सेफिल्डमा हुने विश्व च्याम्पियनसिप प्रतियोगिता जस्ता ठूला इभेन्टहरु पर्नेछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू