शुक्रबार, वैशाख १४, २०८१
19:05 | २३:५०

सगरमाथा गोर्खा नेप्लिज् कम्युनिटीमा नयाँ नेतृत्व

नेपाली लिङ्क अप्रिल ४, २०२१

लन्डन । बेलायतको केन्टस्थित ‘सगरमाथा गोर्खा-नेप्लिज् कम्युनिटी आस्फोर्ड’ ले नयाँ नेतृत्व पाएको छ ।  

शनिबार भर्चुअल रुपमा सम्पन्न संस्थाको नवौं अधिवेशनले कप्रसाद छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।अधिवेशनले संस्थाको युवा र महिला विभागमा समेत नयाँ नेतृत्व चयन गरेको छ ।  

कम्युनिटीको नवनिर्वाचित कार्यसमितिमा डम्बर सिंघक वरिष्ठ उपाध्यक्ष छन् भने उपाध्यक्षहरुमा रामप्रसाद लिम्बू, सीता पुन, मोहन सोदेम्बा र चिरन राई छन् ।  

महासचिवमा शैलेन्द्र नाल्बो, सचिवमा जनक राई, सहसचिवमा  लाहाङ चेम्जोङ, कोषाध्यक्षमा विकास लिम्बू, सहकोषाध्यक्षमा रैबहादुर लिम्बू र सांस्कृतिक सचिवमा थीर थापा चुनिएका छन् ।  

त्यस्तै, महिला समितिमा विमला लिम्बू र युवा समितिमा शिखर लिम्बूको अध्यक्षतामा छुट्टाछुट्टै समिति चयन भएका छन् ।

संस्थाका संस्थापक अध्यक्ष समेत रहेका निर्वाचन समिति प्रमुख सिरी लिम्बूले नयाँ कार्यसमितिको घोषणापछि शपथग्रहण गराएका थिए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।  

बेलायतको केन्ट क्षेत्रमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्थाका रुपमा ‘सगरमाथा गोर्खा-नेप्लिज् कम्युनिटी’ सन् २००४ मा स्थापना भएको हो । सामाजिक कार्यहरुमा समेत क्रियाशिल कम्युनिटी बेलायतकै ठूलो नेपाली संस्थामध्ये एक मानिन्छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू