बुधबार, वैशाख १२, २०८१
04:16 | ०९:०१

गोर्खाली समाज यूके उपाध्यक्ष गुरुङको पहलमा गोर्खाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री

सय परिवारलाई सेनिटाइजर, सिटामोल र मास्क

नेपाली लिङ्क अप्रिल ३, २०२१


लन्डन । गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङको पहल तथा संयोजनमा बेलायतस्थित भूतपूर्व गोर्खाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

अल्डरसट, फार्नबरो क्षेत्रका करिब १ सय भूतपूर्व गोर्खा परिवारलाई शनिबार सहयोग वितरण गरिएको गुरुङले बताए । हरेक परिवारलाई सेनिटाइजर, सिटामोल र मास्कसहितको किट प्रदान गरिएको छ ।

वृद्धावस्थाका गोर्खाहरुलाई संक्रमणको जोखिमबाट जोगिन सघाउने लक्ष्यले स्वास्थ्य सुरक्षा सामग्री बांडिएको गुरुङले बताए ।

सहयोग सामग्री बुझ्न स्थानीय गोर्खाहरु अल्डरसटको प्रिन्सेस हल अगाडिको गार्डेनमा जम्मा भएका थिए । सहयोग हस्तान्तरणका क्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ र पूर्व अध्यक्ष रामचन्द्र ‘सुर्जे’ गुरुङ लगायतका सामाजिक अभियन्ताको पनि उपस्थिति थियो ।  

गोर्खाहरुको सहयोगका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने क्यान इन्टरनेश्नल र डा. बलराम ढकालप्रति सहयोग संयोजक गुरुङले आभार प्रकट गरेका छन् ।

गोर्खाली समाज यूकेका उपाध्यक्ष गुरुङ बेलायतको नेपाली समुदायका सक्रिय युवा अभियन्ता हुन् ।

एनआरएनए यूकेमा समेत कार्यसमिति सदस्य रहेका उनले बेलायतमा महामारी शुरु भएलगत्तै पनि घरघरमा पुगेर पूर्व गोर्खाहरुलाई राहत एवम् स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू