शनिबार, वैशाख ८, २०८१
16:41 | २१:२६

एनआरएनए यूकेको एमआइएस सिस्टमबाट सदस्यता वितरण शुरु

नेपाली लिङ्क अप्रिल १, २०२१

लन्डन । एनआरएनए यूकेले आज १ अप्रिलदेखि एमआइएस सिस्टमबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ । सदस्यता लिने समयसीमा आउंदो १० जुनसम्म तोकिएको छ भने शुल्क १० पाउण्ड छ । (सदस्यता लिने प्रक्रिया तल सूचनामा छ)

अहिले शुरुमा वेव भर्जन (कम्प्युटर, डेस्कटप वा ल्यापटप) बाट प्रक्रिया शुरु गरिएको र छिट्टै स्मार्टफोन (आइओएस, एन्ड्रोइड) मा समेत उपलब्ध गराउन प्रयासरत रहेको संघले एक सूचनामार्फत जनाएको छ ।

एनआरएनए यूकेलाई थप व्यवस्थित बनाउन उक्त प्रविधि शुरु गरिएको संघकी अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । नयां अनलाइनप्रणालीमार्फत सदस्यता व्यवस्थापनमा समस्त बेलायतवासी नेपालीको सहयोग रहने पनि संघका अध्यक्ष र महासचिवको अपेक्षा छ ।

सूचना-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू