शुक्रबार, वैशाख १४, २०८१
23:55 | ०४:४०

बेलायतमा न्यूनतम ज्याला बढ्यो

नेपाली लिङ्क अप्रिल १, २०२१

लन्डन । बेलायतमा बिहीबारदेखि नेश्नल मिनिमम वेज् (न्यूनतम ज्याला) वृद्धि भएको छ ।  

२ दशमलव २ प्रतिशतको वृद्धिसंगै अब बेलायतमा न्यूनतम ज्याला प्रतिघण्टा ८ पाउन्ड ९१ पेन्स पुगेको छ । जसको अर्थ एकजना फुलटाइम कामदारको वार्षिक आम्दानी करिब साढे तीन सय पाउन्डले बढ्नेछ । 

अबदेखि राष्ट्रिय न्यूनतम ज्याला २३ वर्ष उमेर पुगेका सबैको लागि लागू हुनेछ । यसअघि यो दर २५ वर्ष माथिको लागि मात्र उपलब्ध थियो ।  

न्यूनतम ज्याला लिएर काम गर्ने बेलायतका करिब २० लाख ‘श्रमिक’ यो वृद्धिबाट लाभान्वित हुनेछन् । रिटेल, हस्पिटालिटी, क्लिनिङ, मेइन्टनेन्स लगायतका क्षेत्रमा कार्यरत ‘लो पेइड’ कामदारले प्रत्यक्ष लाभ पाउने अपेक्षा छ ।  

तर अहिले ‘फर्लो स्कीम’ मा रहेका कोरोना महामारीबाट प्रभावित कम्पनीमा कार्यरत लाखौं कामदारले भने अहिले नै बढेको दर नपाउने भएका छन् । कम्पनी बन्द हुनुअघिकै ज्याला दरमा तलबको ८० प्रतिशत उनीहरुले पाउनेछन् ।  

प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारीबाट सामान्य जनजीवनतर्फ फर्किने कोशिश गरिरहेका कामदारहरुको लागि न्यूनतम ज्याला वृद्धि ‘वेल्कम बुस्ट्’ भएको बताएका छन् ।  

न्यूनतम ज्याला वृद्धिबाट बेलायतका कयौं नेपाली पनि लाभान्वित हुने देखिन्छ । हस्पिटालिटी, क्लिनिङ लगायतका क्षेत्रमा ‘लो  पेइड’ कामदारका रुपमा कार्यरत उनीहरुको ज्याला बढ्नेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू