शनिबार, वैशाख ८, २०८१
13:16 | १८:०१

मिडल्यान्डमा सक्रिय बन्दै प्रवासी नेपाली एकता मञ्च

नेपाली लिङ्क मार्च ३१, २०२१

लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेको मिडल्यान्ड क्षेत्रीय समितिले आफ्नो सक्रियता बढाएको छ ।  

मंगलबार समितिले संस्थाका केन्द्रीय समितिका प्रतिनिधि समेतको सहभागितामा परिचयात्मक कार्यक्रम गरेको छ ।  

मिडल्यान्ड समितिका संयोजक तारानाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली एकता मञ्च यूकेका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख तुंगभद्र भुषालले मञ्चका काम, कर्तव्यहरुबारे जानकारी गराउँदै भावी कार्ययोजनाका विषयमा अवगत गराए ।  

उनले संस्थाको वेबसाइट सुचारु भएको र चाँडै मुखपत्र ‘डायोस्पोरा’ प्रकाशन गर्न लागेको जानकारी दिए ।  

कार्यक्रममा अर्का अतिथि प्रवासी नेपाली एकता मञ्च यूकेका उपाध्यक्ष एवम् संघसंस्था समन्वय विभाग प्रमुख पशुपति पोखरेलले आगामी दिनमा अन्य संघसंस्थासंगको समन्वय र सहकार्य कसरी अगाडि बढाउंदै जाने भन्नेबारे जानकारी गराए ।

मिडल्यान्ड समितिका संयोजक तारानाथ भण्डारी

मञ्चका मिडल्यान्ड क्षेत्रीय संयोजक तारानाथ भण्डारीका अनुसार मंगलबारकै बैठकले दुई महिनाभित्र नियमित बैठक बस्ने, अन्य संघसंस्थासंगको समन्वयमा सामाजिक कार्यहरु अघि बढाउने, नेपाली नागरिकता निरन्तरता अभियान र भूपू गोर्खा आन्दोलनलाई सफल पार्न पहल गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै, बेलायत केन्द्रीय समितिका अध्यक्ष भक्त गुरुङ मञ्चको अन्तरराष्ट्रिय कमिटीमा अध्यक्ष नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।  

समितिका सचिव यज्ञ खरेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष पुन्डरी अर्यालले स्वागत मन्तव्य दिएका थिए । त्यसअवसरमा प्रवासी नेपाली एकता मञ्च यूकेका केन्द्रीय सदस्य एवम् निवर्तमान क्षेत्रीय संयोजक भुपेन्द्र पाठक,  मकुन्द खरालसहित मिडल्याण्ड क्षेत्रमा बस्ने संस्थाका सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू