शनिबार, वैशाख ८, २०८१
04:06 | ०८:५१

महोत्तरीबाट हराएका सातैजना भारतमा भेटिए

नेपाली लिङ्क मार्च ३१, २०२१


महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिका र किशोरी भारतमा फेला परेका छन् ।

मंगलबार घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी बेपत्ता भएपछि अपहरणमा परेको आशंका गरिएको थियो ।

मंगलबार दिउँसोदेखि हराइरहेका उनीहरु बुधबार भारतको सितामढीमा फेला परेका भंगहाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए ।

भारतीय प्रहरीसंगको समन्वयमा उनीहरु सबैजनालाई सकुशल भेटाउन सकिएको मेयर साहले जानकारी दिए ।

किशोरीहरु भेटिएको सूचनापछि स्थानीय प्रहरी, जनप्रतिनिधिसहितको टोली उनीहरुलाई ल्याउन भारततर्फ लागेको छ ।

उनीहरु कसरी भारतसम्म पुगे भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिरिएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू