शुक्रबार, चैत १६, २०८०
06:28 | १२:१३

भक्त गुरुङको अध्यक्षतामा प्रवासी नेपाली एकता मञ्चको अन्तरराष्ट्रिय कमिटी गठन

नेपाली लिङ्क मार्च ३०, २०२१

लन्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली एकता मञ्चको अन्तरराष्ट्रिय कमिटीको नेतृत्व भक्त गुरुङले पाएका छन् ।  

मञ्चका बेलायत अध्यक्ष गुरुङको अध्यक्षतामा अन्तरराष्ट्रिय कमिटी गठन गरिएको जानकारी बेलायतका सचिव सुरेशजंग शाहले जानकारी दिए ।  

सचिव शाहले मंगलबार एक वक्तव्य जारी गर्दै अन्तरराष्ट्रिय कमिटीको सचिवमा मञ्चका अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डे नियुक्त भएको जनाएका छन् ।  

‘प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटी गठन गरिएकोले यस संगठनको विश्वयापी संरचना सुसंगठित र सुसञ्चालित हुनमा थप बल पुगेको छ’, वक्तव्यमा भनिएको छ, ‘यस संगठनको विश्वयापी नेतृत्व र परिचालन गर्ने महत्वपूर्ण गहन कार्य यस प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष भक्त गरूङलाई दिइएकोमा यस मञ्चको केन्दीय कार्यसमिति नेकपा एमाले पार्टी केन्द्रीय कार्यसमिति र प्रवास विभागमा समेत आभार प्रकट गर्दछ ।’

अध्यक्ष गुरूङको नेतृत्वमा नेपाली प्रवासी एकता मञ्च अन्तरराष्ट्रिय कमिटीको कार्यकाल सफलताको शुभकामना पनि व्यक्त गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू