शनिबार, साउन १२, २०८१
06:46 | ११:३१

काभ्रे सोसाइटी यूकेले शुरु गरयो अनलाइन सदस्यता वितरण

नेपाली लिङ्क मार्च ३०, २०२१

लन्डन । बेलायतमा भर्खरै स्थापित काभ्रे सोसाइटी यूकेले संस्थालाई थप प्रभावकारी बनाउन बारकोडसहितको अनलाइन सदस्यता वितरण शुरु गरेको छ । सोसाइटीले आफ्ना सदस्यहरुको सुविधाका लागि वेवसाइटमार्फत अनलाइन सदस्यता वितरण शुरु गरेको हो ।

सदस्यता लिन चाहने बेलायतवासी काभ्रेलीहरुले वेवसाइटमा गएर सदस्यता आवेदन दिन सक्नेछन् भने भरिएको विवरण सम्वन्धित आवेदकलाई सिस्टममार्फत अटोमेटिक इमेल भेरिफिकेशन प्राप्त हुनेछ ।

आवेदकबाट इमेल ठेगाना भेरिफिकेशन भइसकेपछि उक्त आवेदकको सबै विवरण प्रमाणित भएमा सम्बन्धित आवेदकले संस्थाको व्यक्तिगत सदस्यता नं. सहित संस्थाको प्रमाणपत्र र बारकोड सहितको फोटो आइडी कार्ड इमेल मार्फतनै प्राप्त गर्नेछन् ।

प्रत्येक सदस्ययलाई काभ्रे सोसाइटी यूकेको व्यक्तिगत युजर एकाउण्ट उपलब्ध गराइने छ । सदस्यले २४ सै घण्टा आफूले चाहेको बेला आफ्नो एकाउन्ट ‘लग-इन’ गरेर आफ्नो विवरण अद्यावधिक गर्न, संस्थाका सम्पूर्ण हिसाबकिताब र प्रगतिबारे चाहेको समयमा हेर्न सक्नेछन् ।

काभ्रे सोसाइटी यूकेको अफिसियल वेबसाइटका लागि यहाँ  र सदस्य बन्न  यहाँ क्लिक गर्न संस्थाको आग्रह छ ।

संस्थाका अध्यक्ष रवीन्द्र शर्माले आफ्ना सम्पूर्ण क्रियाकलाप शुरुबाटै पारदर्शी बनाउने प्रयास गरिएको जनाए । केहि महिनाअघि मात्र शर्माको अध्यक्षतामा गठित पहिलो कार्यसमितिले स्थापनालगत्तै गरेको यो अर्को उदाहरणीय र पारदर्शी काम अन्य संस्थाका लागि प्रेरणा हुन सक्ने सोसाइटीका वरिष्ठ उपाध्यक्ष नारायण फुँयालले बताए ।

गतवर्ष नोभेम्वर ९ तारिख स्थापित सोसाइटीले शुरुका दिनदेखि नै आफ्नो सक्रियता बढाएको महासचिव रूपक पौड्यालले बताए ।
‘सोसाइटीको पाइपलाइनमा अरु धेरै योजना छन्, क्रमशः काम गर्दै जाने लक्ष्य छ’, उनले थपे ।

गत फेब्रुअरी १४ मा सम्पन्न कार्यकारी समितिको भर्चुअल बैठकले १७ जना विद्यार्थीलाई पढाउने निर्णय गरेको थियो । संस्थाले काभ्रेमा अति विपन्न जेहेन्दार बालबालिकाको पहिचान गरी छात्रवृत्ति शुरु गर्ने योजना अनुरुप काम शुरु गरिसकेको बताएको छ ।

नेपालको काभ्रेपलाञ्चोक जिल्ला जन्म भई हाल बेलायतका विभिन्न शहर बसोबास गर्दै आएका काभ्रेलीलाई एकत्रित गर्ने उद्देश्यले काभ्रे सोसाइटी गठन गरिएको हो ।

-मिलन शर्मा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू