शनिबार, वैशाख ८, २०८१
02:09 | ०६:५४

क्यान इन्टरनेशनलद्वारा बिसीसी यूकेलाई खाद्य सामग्री हस्तान्तरण

नेपाली लिङ्क मार्च ३०, २०२१

लन्डन । कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेशनलले बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

गत शुक्रबार एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष समेत रहेका क्यान इन्टरनेशनलका लालबहादुर गुरुङ (एलबिजेड), अल्डरसट नेप्लिज युथका राजन गुरुङ लगायत युवाले गुम्बाका प्रबन्धक पूर्ण गुरुङलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

दाल, चामल, ट्वाइलेट पेपर, तेल लगायत आवश्यक सामग्री वितरण गरिएको क्यान इन्टरनेशनलले जनाएको छ । उक्त संस्थाले यसअघि गत सेप्टेम्बरमा पनि ह्याण्ड सेनिटाइजर र माक्स वितरण गरेको थियो ।

क्यान इन्टरनेशनलले केही वर्षदेखि बेलायतस्थित भूतपूर्व गोर्खा परिवार तथा नेपाली समुदायलाई लक्षित गरी विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय संस्थाले कोभिड–१९ महामारीबाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री समेत वितरण गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू