शुक्रबार, चैत १६, २०८०
22:45 | ०४:३०

बेलायती प्रधानमन्त्रीद्वारा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अपिल

रासस-सिन्ह्वा मार्च ३०, २०२१

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना सर्वसाधारण नागरिकलाई स्वास्थ्यको सुरक्षित मापदण्ड अपनाउन अपिल गरेका छन् । बेलायतमा खेलकूद गतिविधि सञ्चालन र बाहिर हिँडडूलका लागि अनुमति दिएसंगै प्रधानमन्त्री जोन्सनले बेलायतमा फेरि पनि कोरोना संक्रमण बढ्न सक्ने भएकाले यसो नगर्न आग्रह गरेका हुन् ।

इंग्ल्याण्डमा सोमबारदेखि छ जनासम्म वा दुई परिवारबीच बाहिर भेटघाट र सानातिना खेलकुद गर्न अनुमति दिइएको छ ।

प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै जोखिम अवस्था रहेको कुरा सबै नागरिकले मनन गर्नुपर्ने औंल्याए । जोन्सनले बेलायतमा जनवरी पहिलो हप्तादेखि लगाइएको कडाइ केही खुकुलो पारिएपनि नागरिकहरुलाई सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने सुझाएका छन् ।

प्रधानमन्त्रीले यसअघि बेलायतमा ‘घरमै बसौँ’ भन्ने नारा अघि सारिएकोमा अब भने ‘आफ्नो समुदायमा बसौँ, धेरै टाढा हिँडडूल नगरौँ’ भन्ने नारा अघि सारिएको बताए ।

गत मार्च ८ तारिखदेखि यहांका विद्यालयहरु खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू