शनिबार, वैशाख १५, २०८१
21:09 | ०१:५४

बेलायतमा आज ५३ वर्षयताकै उच्च तापक्रम

नेपाली लिङ्क मार्च ३०, २०२१

लन्डन । बेलायतमा आज मंगलबारको तापक्रम विगत ५३ वर्षयता मार्चमध्यकै सबै भन्दा बढी हुने बताइएको छ ।

आजको तापक्रम २४ डिग्रीसम्म पुग्ने छ, जुन सन् १९६८ पछिका मार्चमध्ये सबैभन्दा तातो दिनको रुपमा सावित हुनेछ ।

सन् १९६८ , मार्च २९ का दिन २५.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । साथै आजको तापक्रम यसवर्षको पनि सबैभन्दा उच्च हो ।

कोरोना महामारीका कारण इंग्ल्याण्डमा जारी लकडाउन खुकुलो गरेको २४ घन्टामा बेलायतको तापक्रम अत्यधिक बढेपछि मानिसहरु दंग छन् ।

लकडाउन खुल्ला गरिएको दिन सोमबार पनि बेलायतको मौसम विगत तुलनामा निकै घमाइलो थियो ।

उक्त दिन इंग्ल्याण्डवासीहरुले महिनौदेखि एकआपसमा भेट्न नपाएका आफन्तहरुसंग घरबाहिर दुई परिवार वा ६ जनासम्म भेटघाट पाएका थिए ।

त्यस्तै, अबदेखि आउटडोर खेलकुद भेन्यूहरु खुला गरिएको छ भने अर्गनाइज्ड खेलकुद इभेन्टहरु पनि संचालन गर्न पाइनेछ ।

सोमबारदेखि नै ‘स्टे होम’ को नियम फुकुवा गरिएको छ । आफू बसिरहेको क्षेत्रबाट अर्को क्षेत्रसम्मको यात्रामा यसअघि लगाइएको रोक पनि खुला गरिएको छ ।

तर जरूरी अवस्थामा बाहेक अन्यत्र यात्रा नगर्न सरकारले आव्हान गरेको छ । कोरोना संक्रमण र मृत्युदरमा केहि कमी आएपनि युरोपका केहि मुलुकमा संक्रमणको तेस्रो लहर शुरु भएपछि बेलायतमा विशेष सतर्कता अपनाउनुपर्ने सरकारले बताउंदै आएको छ ।

लकडाउन सहज गरिएपनि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू