बेलायतमा कोरोनाबाट थप २३ को मृत्यु
४ हजार ६५४ संक्रमित


लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको छ । हिजो सेप्टेम्बर २० पछिका आइतबारमध्येकै सबैभन्दा कम १९ जना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ६१५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ४ हजार ६५४ जना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा कुल संक्रमित संख्या ४३ लाख ३७ हजार ६९६ पुगेको छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।
भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६१५ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३४ जना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या चार हजार ५६० छ ।
बेलायतमा ३ करोड ४१ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४१ लाख १९ हजार ९५ डोज वितरण भएको छ । पहिलो डोज तीन करोड ४ लाख ४४ हजार ८२९ र ३६ लाख ७४ हजार २६६ जनाले दोस्रो डोज लिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५