बिहीबार, वैशाख ६, २०८१
06:44 | ११:२९

जन्मदिनकै दिन बिते यूके रेडिङका प्रितमकुमार गुरुङ

नेपाली लिङ्क मार्च २९, २०२१


लन्डन । बेलायतको रेडिङमा बस्दै आएका ५४ वर्षीय प्रितमकुमार गुरुङको निधन भएको छ ।

दुई महिनादेखि स्थानीय बर्कशायर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह निधन भएको परिवारले जनाएको छ ।

आजभन्दा ५४ वर्ष पहिला फागुपूर्णिमाको दिनमा जन्मिएका प्रितमकुमारको निधन पनि फागुपूर्णिमाकै दिनमा भएको छ ।

उनको निधन कोभिड संक्रमणकै कारण भएको हो वा होइन भन्ने पुष्टि भएको छैन् ।  

पर्वत जिल्लाको भाकु ताङ्ले घर भएका स्वर्गीय गुरुङ बेलायतमा पत्नी, एक छोरा र एक छोरीका साथ बस्दै आएका थिए । उनकी पत्नी राजकुमारी गुरुङ रेडिङ तमु समाज आमा समूह र कोने घोताने आमा समूहमा अध्यक्ष एवम् तमुधिं आमा समूहमा सल्लाहकार छन् ।  

स्वर्गीय गुरुङ आफू पनि तमुधिं यूकेमा आजीवन सदस्य थिए । 

‘एक असल, इमान्दार र सहयोगी मित्रलाई अल्पायुमै गुमाउनु पर्दा हाम्रो सिंगो समुदाय नै दुखी छ ।  उहाँको असल व्यक्तित्व र सहयोगी भावना हामी सधैं सम्झिरहनेछौं’, तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ सम्झिन्छन्   

बेलायतको नेपाली समुदायले कोरोना महामारीपछिको एक वर्षमा धेरै सदस्यहरु गुमाएको छ । एकपछि अर्को मृत्‍युका खबरले समुदायलाई शोकमग्न बनाएको छ ।  

स्वर्गीय गुरुङपत्नी राजकुमारी गुरुङ विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल अभियन्ता हुन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू