शुक्रबार, वैशाख १४, २०८१
00:05 | ०४:५०

इंग्ल्याण्डमा आजदेखि लकडाउन खुकुलो, ६ जनासम्म भेट गर्न छुट

नेपाली लिङ्क मार्च २९, २०२१


लन्डन । इंग्ल्याण्डमा आजदेखि लकडाउन थप खुकुलो बनेको छ । 

चरणबद्ध रुपमा लकडाउन खोल्दै जाने सरकारको योजनाअन्तर्गत आजदेखि ‘आउटडोर’ रुपमा ६ जना वा दुई परिवारसम्म भेट गर्न पाइने भएको छ ।  

त्यस्तै, अबदेखि आउटडोर खेलकुद भेन्यूहरु खुला गरिएको छ भने अर्गनाइज्ड खेलकुद इभेन्टहरु पनि संचालन गर्न पाइनेछ । 

सोमबारदेखि नै ‘स्टे होम’ को नियम फुकुवा गरिएको छ । आफू बसिरहेको क्षेत्रबाट अर्को क्षेत्रसम्मको यात्रामा यसअघि लगाइएको रोक पनि खुला गरिएको छ । तर, जरूरी अवस्थामा बाहेक अन्यत्र यात्रा नगर्न सरकारले आव्हान गरेको छ ।  

लकडाउन खुकुलो हुँदै गर्दा प्रधानमन्त्री बोरिस जोन्सनले भने संयम अपनाउन देशवासीलाई आव्हान गरेका छन् ।  

युरोपमा संक्रमण बढिरहेको र नयाँ भेरियेन्टका कारण कोभिड खोप वितरण समेत प्रभावित भएको भन्दै उनले सावधानी अझै जरूरी रहेको स्मरण गराएका छन् ।  

इंग्ल्याण्डमा लागू लकडाउन खुलाउने पहिलो चरणमा गत मार्च ८ देखि स्कुलहरु सुचारु गर्नका साथै आउटडोर २ जनासम्म भेट्ने छुट दिइएको थियो ।  

आउंदो अप्रिल १२ देखि अत्यावश्यकबाहेकको ‘रिटेल’ क्षेत्र खुलाइनेछ । हेयर ड्रेसरसहित पर्सनल केयर व्यवसाय, इन्डोर जिम र आउटडोर पब, रेष्टुरेन्ट पनि संचालन हुनेछन् ।  

त्यस्तै, मे १७ देखि आउटडोर रुपमा सामाजिक सम्पर्कमाथिका धेरै बन्देज हट्नेछन् । पब, रेष्टुरेन्ट र होटेलहरु संचालनमा आउनेछन्   

अन्तिम चरणमा जुन २१ देखि सबै प्रतिबन्ध हटाउने सरकारको योजना छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू