शुक्रबार, वैशाख १४, २०८१
04:51 | ०९:३६

बेलायतमा तीन करोड ३६ लाखले लिए कोभिड खोप

जम्मा १९ मात्र मृत्यु

नेपाली लिङ्क मार्च २८, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १९ जनाको मात्र मृत्यु भएको छ । मृत्यु हुनेको संख्या धेरै समयपछि १९ मा झरेको हो ।

यो संख्या गत सेप्टेम्बर २० पछिका आइतबारमध्येकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५९२ पुगेको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८६२ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख ३३ हजार ४२ पुगेको हो । संक्रमित संख्या पनि निकै लामो समयपछि चार हजारभन्दा तल झरेको हो ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।

शुक्रबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६१५ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३४३ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा ३० मिलियनले लगाए पहिलो डोज खोप

बेलायतमा कोरोना विरुद्धको खोपको पहिलो डोज लिनेको संख्या ३० मिलियन नाघेको छ । यसैगरी हालसम्म तीन करोड ३६ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ३६ लाख ७८ हजार ७६८ डोज खोप वितरण भएको हो ।

बेलायतमा तीन करोड १५ लाख १ हजार २८७ जनाले पहिलो र दोस्रो डोज लिनेको संख्या ३५ लाख २७ हजार ४८१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू