मंगलबार, वैशाख २५, २०८१
14:52 | १९:३७

गोर्खा विभागको कार्यक्रम वैधानिक छैन् : एनआरएनए यूके

नेपाली लिङ्क मार्च २६, २०२१

लण्डन । एनआरएनए यूकेको गोर्खा विभागले २७ मार्च शनिबार गर्ने भनिएको कार्यक्रममा कुनै वैधानिकता नहुने संघले प्रष्टयाएको छ ।  

संघले २२ मार्चमा सम्पन्न कार्यसमिति बैठकमा समेत कुनै प्रस्ताव र छलफल बिनै संघको लेटरप्याड दुरुपयोग गरी कार्यक्रम हुन लागेको भन्दै त्यसमा कुनै वैधानिकता नहुने जानकारी दिएको छ ।

‘एकातिर संघविरुद्ध कानुनी प्रक्रिया समेत जारी राख्ने र अर्कोतिर संघको तर्फबाट जिम्मेवारी समेत लिन खोज्ने कुरा सर्वमान्य रुपमा नैतिक र वैधानिक दुवै हिसाबले उपयुक्त हुन्‌ सक्दैन भन्ने कुराको समग्र ‘म्यान्डेट’ गत कार्यसमिति बैठकको रहेको कुरा स्मरण गराउन चाहन्छौं’, अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ-‘तसर्थ एनआरएनए यूकेको नाममा यसरी अनाधिकृत रुपमा आयोजना हुने कार्यक्रमको संघले कुनै आधिकारिक जिम्मेवारी नलिने कुराको जानकारी सम्बन्धित सबैमा गराउन चाहन्छौं ।’  

भूतपूर्व गोर्खाहरुको माग, मुद्दा र सवाल सम्बन्धमा एनआरएनए यूकेको वर्तमान कार्यसमितिले ऐक्यवद्धता राख्दै विभिन्न मञ्चमा सशक्त आवाज उठाउंदै आएको पनि विज्ञप्तिमा छ । भविष्यमा पनि नेपाल सरकारको आधिकारिक निकाय तथा गोर्खा संघसंगठनहरु समेतको उपस्थितिमा परिणाममुखी कार्यक्रम गर्ने योजना एनआरएनए यूकेको रहेको जनाइएको छ । 

यसै सन्दर्भमा एनआरएनए आइसीसीले टास्कफोर्समार्फत गोर्खा सवाललाई अगाडि बढाइरहेको समेत संघले जनाएको छ ।

उपाध्यक्ष प्रेम गाहा मगर संयोजक रहेको विभागले बेलायतस्थित विभिन्न गोर्खा संगठनका अगुवाहरुको सहभागितामा ‘गोर्खा टक’ गर्ने प्रचार प्रसार भइरहेको छ ।

उक्त कार्यक्रम मार्च २७ शनिबार दिउँसो १ बजे ‘भर्चुअल’ तय गरिएको छ, जसमा आधा दर्जन गोर्खा संगठनका नेताहरु अतिथि वक्ता का रुपमा रहनेछन् ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै:

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू