बिहीबार, चैत १५, २०८०
17:41 | २३:२६

बेलायतमा ७० संक्रमितको मृत्यु  

६ हजार १८७ नयां संक्रमित

नेपाली लिङ्क मार्च २६, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५१५ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार १८७ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख २५ हजार ३१५ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।

शुक्रबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड आपतकालीन सतर्कता स्तर चौथोबाट तेस्रोमा झारेको छ ।

बेलायतमा ३ करोड २३ लाख बढी डोज खोप वितरण

बेलायतमा हालसम्म तीन करोड २३ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड २३ लाख २५ हजार ९९३ डोज खोप वितरण भएको हो ।

बेलायतमा दुई करोड ९३ लाख १६ हजार १३० जनाले पहिलो र दोस्रो डोज लिनेको संख्या ३० लाख ९ हजार ८६३ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू