शुक्रबार, वैशाख १४, २०८१
11:12 | १५:५७

बेलायतका अस्पतालमा कोभिड आपतकालीन स्तर घट्यो

२४ घन्टामा ६३ को मृत्यु

नेपाली लिङ्क मार्च २५, २०२१

लन्डन । बेलायतका अस्पतालमा बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड आपतकालीन सतर्कताको स्तर एक तह तल झारेको छ । इंग्ल्याण्डको स्वास्थ्य सेवा प्रदायकले यसअघिको चौथो स्तरलाई परिवर्तन गरि तेस्रो स्तरमा झारेको हो ।

एनएचएस इंग्ल्याण्डका कार्यकारी प्रमुख साइमन स्टीभन्सनका अनुसार गएको जनवरीमा ३४ हजार भन्दा बढी कोभिडका बिरामीहरु अस्पतालमा रहेकोमा हाल उक्त संख्या ४ हजार हाराहारीमा झरेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।

भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६८३ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप ६३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ४४५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोना मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ६ हजार ३९७ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख १९ हजार १२८ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा करोड १७ लाख बढी डोज खोप वितरण  

बेलायतमा हालसम्म तीन करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड १७ लाख ६६ हजार ६६९ डोज खोप वितरण भएको हो ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८९ लाख ९१ हजार १८८ जनाले पहिलो डोज लिएका छन् भने दोस्रो डोज लिनेको संख्या २७ लाख ७५ हजार ४८१ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू