शनिबार, वैशाख ८, २०८१
12:09 | १६:५४

साउथ ह्यारो डाँफे स्टोरमा आकर्षक अफर: सयको किन्दा १२ छुट

नेपाली लिङ्क मार्च २५, २०२१

लन्डन । लन्डनको साउथ ह्यारोस्थित डाँफे एशियन मिनी मार्टले आफ्ना ग्राहकहरुका लागि विशेष छुटको अफर ल्याएको छ ।  

‘क्यास ब्याक वर्ल्ड’ लोयल्टी स्कीमसंगको सहकार्यमा डाँफेले विशेष छुटको अफर ल्याएको स्टोरका निर्देशक गंगाबहादुर रानाले जानकारी दिए ।

‘क्यास ब्याक वर्ल्ड’ को सदस्यका रुपमा ‘बेनिफिट भौचर’ लिएका ग्राहकले आकर्षक नगद छुटको सुविधा पाउने निर्देशक रानाको भनाइ छ ।

हरेक १ सय पाउन्ड बराबरको किनमेल गर्दा १२ पाउन्ड छुट पाइनेछ । त्यस्तै,‪‬ ५० पाउन्डमा ५ र ३० पाउन्डमा ३ पाउन्डको छुट मिल्नेछ ।  

‘क्यास ब्याक वर्ल्ड’ लोयल्टी स्कीमको सदस्यता लिनेले अन्य सेवाहरुमा पनि यस्तै छुट प्राप्त गर्न सक्ने राना बताउंछन् । निशुल्क रुपमा उक्त सदस्यता लिन सकिने भन्दै उनले आवश्यक सहयोग वा जानकारीका लागि डाँफे मिनी मार्ट मा सम्पर्क राख्न सकिने पनि जनाए ।  

गत वर्षदेखि संचालनमा आएको डाँफे स्टोरले अहिले बेलायतभर डेलिभरी सेवा प्रदान गर्दै आएको छ । डाँफेमा नेपाली खानेकुरा तथा सामग्रीका साथै इन्डियन, चाइनिज, कोरियन, जापानिज लगायतका एशियन खानेकुराहरु उपलब्ध छन् ।  

डाँफेले निकट भविष्यमा ग्राहकको सुविधाकेन्द्रित अरु केही विशेष अफर तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि निर्देशक रानाले बताएका छन् ।
 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू