शनिबार, वैशाख १५, २०८१
03:58 | ०८:४३

भागरथी र हत्या आरोपीको डिएनए मिल्यो

नेपाली लिङ्क मार्च २५, २०२१

कैलाली । बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टको डिएनए परीक्षणको नतिजा मृतकको डिएनएसँग मिलेको छ ।  

बलात्कारपछि हत्या भएकी १७ वर्षीया भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग हत्या आरोपी मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

शुरुमा बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशले केही दिनअघि एक कर्मचारी र अर्का एक व्यक्तिको संलग्नता रहेको भन्दै फरक बयान दिएका थिए ।

तर केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा परीक्षण गराउँदा डीएनए मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।

बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथीको गत माघ २१ मा बलात्कारपछि हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा फागुन ४ गते दिनेश भट्टलाई पक्राउ गरेको थियो 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू