शुक्रबार, चैत १६, २०८०
22:22 | ०४:०७

बेलायतमा कोरोनाबाट थप ९८ को मृत्यु

५ हजार ६०५ नयां संक्रमित

नेपाली लिङ्क मार्च २४, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गतहप्ता बुधबारको तुलनामा आज मृतक संख्या ३० प्रतिशत कम हो ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ३२८ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ६०५ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख १२ हजार ९०८ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ५ हजार ४०७ र भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ७११ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३६० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा ३ करोड ११ लाख बढी डोज खोप वितरण  

बेलायतमा हालसम्म तीन करोड ११ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ११ लाख ८६ हजार ३६२ डोज खोप वितरण भएको हो ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८६ लाख ५३ हजार ५२३ जनाले पहिलो डोज लिएका छन् भने दोस्रो डोज लिनेको संख्या २५ लाख ३२ हजार ८३९ छ ।

बेलायतमा खोप वितरणलाई तीव्रता दिने क्रममा एकैदिनमा ८ लाख ४४ हजार २८५ जनालाई खोप लगाइएको थियो ।

खोप वितरणमा दिइएको तीव्रतासंगै बेलायतमा कोरोना संक्रमण दरमा कमी आउंदै गएको छ भने मृतक संख्यामा पनि ह्रास आएको छ ।

बेलायतमा हाल फाइजर र अस्ट्राजेनिकाको दुईवटा खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू