मंगलबार, वैशाख ११, २०८१
09:09 | १३:५४

प्रमुख गोर्खा संगठनका अगुवाको सहभागितामा एनआरएनए यूकेको ‘गोर्खा टक’

नेपाली लिङ्क मार्च २४, २०२१


लन्डन । एनआरएनए यूकेको गोर्खा समन्वय विभागको आयोजनामा एक साक्षात्कार कार्यक्रम आयोजना हुने भएको छ ।

उपाध्यक्ष प्रेम गाहा मगर संयोजक रहेको विभागले बेलायतस्थित विभिन्न गोर्खा संगठनका अगुवाहरुको सहभागितामा ‘गोर्खा टक’ आयोजना गर्न लागेको हो ।

आउँदो शनिबार मार्च २७ का दिन दिउँसो १ बजेलाई तय भर्चुअल कार्यक्रममा आधा दर्जन गोर्खा संगठनका नेताहरु अतिथि वक्ता रहनेछन् ।

बिजिडब्लुएस अध्यक्ष टिकेन्द्र देवान, गेसो कार्यवाहक अध्यक्ष धर्म तामाङ, सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका अध्यक्ष थर्क राना, नेसा अध्यक्ष केशबहादुर गुरुङ र बिगेसो अध्यक्ष सुन्दर लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा लेफिटनेन्ट कर्नेल जेपी क्रस ( ओबिई) लाई सहभागी गराइंदैछ । त्यस अवसरमा गोर्खा वेल्फेयर ट्रस्टका नेपाल फिल्ड निर्देशक लेफिटनेन्ट कर्नेल यमबहादुर राना र भूतपूर्व गोर्खाहरुको इमिग्रेसनसम्बन्धि मुद्धाका अनुभवी सोलिसिटर राजु थापाको पनि विशेष प्रस्तुतिहरु रहनेछन् ।

गोर्खाहरुको अधिकार प्राप्तिको अभियानमा हालसम्म भएका उपलब्धिको समीक्षा गर्दै भावी दिनका लागि साझा रणनीति तय गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको एनआरएनए यूके गोर्खा समन्वय विभाग संयोजक एवम् उपाध्यक्ष प्रेम गाहा मगरले बताएका छन् ।

गोर्खा मुद्धा समाधानको लागि नेपाल तथा बेलायतबीचका कूटनीतिक पहल, प्राविधिक संयन्त्रले बुझाएको १३ बुँदे सिफारिस प्रतिवेदन लगायत विषयमा भइरहेका प्रगतिहरुबारे आम गोर्खा समुदायलाई अपडेट गराउनु पनि कार्यक्रमको लक्ष्य छ ।  

सबै प्रमुख गोर्खा संगठनका नेताहरु एकसाथ सहभागी हुने कार्यक्रमले उनीहरुबीच आपसी सहमति र सहकार्यको वातावरण निर्माणमा सहयोग पुरयाउने आशा मगरले व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू