शनिबार, वैशाख १५, २०८१
04:25 | ०९:१०

बेलायती सेनामा १० हजार सैनिक कटौतीको तयारी

गोर्खालाई असर नपर्ने

नेपाली लिङ्क मार्च २२, २०२१

लन्डन । बेलायत सरकारले आफ्नो सेनामा भारी कटौतीको तयारी गरेको छ ।  

बेलायत सरकारको पछिल्लो  ‘डिफेन्स रिभ्यू’ मा अहिलेको संख्यामा १० हजार सैनिक कटौती गर्ने प्रस्ताव गरिंदैछ ।  

बेलायतले आफ्नो सेनामा रोबट, ड्रोन, ‘साइबर वारफेर’ लगायतका अत्याधुनिक प्रविधिको प्रयोग बढाएर सैनिक संख्या घटाउन थालेको हो । मुख्यत: ट्यांक, एअरक्राफ्टहरुमा परिचालित शक्ति घटाउने सरकारको योजना छ ।

सरकारको सैनिक कटौतीसम्बन्धि प्रस्तावलाई सोमबार बेलायती रक्षामन्त्री बेन वालेसले संसदमा प्रस्ताव गर्दैछन् ।  

गत जनवरी महिनाको तथ्यांकअनुसार अहिले बेलायती सेनामा ८० हजार १० सैनिक छन् ।  नयाँ ‘रिभ्यू’ पछि यो संख्या घटाएर ७० हजारमा सिमित गर्ने सरकारको तयारी छ । पछिल्लो ५ वर्षमा मात्रै बेलायतले ६ हजार बढी सैनिक कटौती गरेको छ ।  

बेलायतले तयारी गरेको सैनिक कटौतीले गोर्खा रेजिमेन्टमा भने प्रतक्ष्य असर नपार्ने ठानिएको छ ।  

गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई भन्छन्,’गोर्खाहरु इन्फेन्ट्रीका रुपमा फिल्डमै खटिन्छन् । इन्फेन्ट्रीको संख्या त्यसै पनि बढी नभएकाले सरकारले घटाउन चाहंदैन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू