शुक्रबार, वैशाख १४, २०८१
11:25 | १६:१०

एनआरएनए यूके बैठक बस्दै, एजेन्डामा सदस्यतादेखि आर्थिक छानबिन प्रतिवेदनसम्म

नेपाली लिङ्क मार्च २२, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमिति बैठक सोमबार साँझ बस्दैछ ।  

साँझ ६ बजेलाई तय भर्चुअल बैठकमा आर्थिक छानबिन समितिले तयार गरेको प्रतिवेदन, सदस्यता वितरण एवम् सदस्यता शुल्क निर्धारण लगायतका एजेन्डामा छलफल हुने भएको छ ।  

एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले आजको बैठक संस्थाको नियमित कार्यसमिति बैठक रहेको बताए । उनले भने, ‘अधिवेशन नजिकिँदै गर्दा सदस्यताका बारेमा निर्णय गर्नुपर्नेछ । सदस्यता शुल्क कति राख्ने, सदस्यता कहिलेदेखि कहिलेसम्मको लागि खुलाउने भन्ने जस्ता विषयमा छलफल हुन्छ ।’

बैठकमा आर्थिक छानबिन समितिबाट प्राप्त अध्ययन प्रतिवेदनका विषयमा पनि छलफल हुने महासचिव भट्टराईले जानकारी दिए । 

यसअघि एनआरएनए यूकेको गत कार्यसमितिले पेश गरेको आर्थिक प्रतिवेदनमा फजुल खर्च देखिएको भन्दै व्यापक जनगुनासो आएपछि यसबारे छानबिन गर्न एक स्वतन्त्र समिति गठन गरिएको थियो ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेको संयोजकत्वमा डा. मुकुन्द बांस्तोला र रि. (मे) बुद्धि गुरुङ सदस्य रहेको समितिले आफ्नो अध्ययन प्रतिवेदन तयार गरी दुई दिनअघि कार्यसमितिलाई बुझाएको बताइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू