बुधबार, वैशाख १२, २०८१
18:03 | २२:४८

बेलायतमा घट्दै कोरोनाका मृतक, ३३ मात्रै मृत्यु   

नेपाली लिङ्क मार्च २१, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा लगातार कम हुँदै गएको छ ।

पछिल्लो २४ घन्टामा संक्रमणका कारण ३३ जनाको मात्रै मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

गतवर्ष अक्टुबर पछिका आइतबारहरुमध्ये आजको मृतक संख्या सबैभन्दा न्यून हो । पछिल्ला दिनहरुमा मृतक संख्यामा कमी हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ । यससंगै बेलायतमा हालसम्म  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १५५ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ३१२ जना नयां संक्रमित थपिएका छन् । नयाँसँगै बेलायतमा कुल संक्रमितको संख्या ४२ लाख ९६ हजार ५८३ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार १६२ छ । पछिल्लो २४ घन्टामा ४३७ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू