शुक्रबार, वैशाख ७, २०८१
17:16 | २२:०१

बेलायतमा एकैदिन ८ लाख बढी खोप वितरण

नेपाली लिङ्क मार्च २१, २०२१

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप वितरण कार्यमा अर्को नयां कीर्तिमान कायम भएको छ । शनिबार एकैदिनमा ८ लाख ४४ हजार २८५ जनाले खोप लगाएर नयां कीर्तिमान कायम भएको छ ।

यसअघि शुक्रबार एकै दिन ७ लाख ११ हजार १५७ जनाले कोरोना विरुद्धको खोप लगाएर नयां कीर्तिमान कायम भएको थियो ।

यत्तिका संख्यामा एकैदिन खोप वितरण गरिएको यो नै अहिलेसम्मको सबैभन्दा धेरै हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सहभागी सबैलाई ट्वीटरमार्फत धन्यबाद दिएका छन् । बेलायतमा हालसम्म झन्डै तीन करोड डोज खोप वितरण भइसकेको छ ।

बेलायतको कुल जनसंख्यामध्ये आधा भन्दा बढी वयस्कहरुलाई खोपको पहिलो डोज दिइसकिएको सरकारले जानकारी दिएको छ ।

शनिबारको तथ्याँक अनुसार कोरोना विरुद्धको खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ९८ लाख ५९ हजार ७४२ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ७६ लाख ३० हजार ९७० जनाले खोपको पहिलो र २२ लाख २८ हजार ७७२ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायतमा हाल फाइजर र अस्ट्राजेनिकाको दुईवटा खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू