बुधबार, वैशाख १२, २०८१
01:27 | ०६:१२

बेलायतमा लाइभ दोहोरी गर्ने तयारी

नेपाली लिङ्क मार्च २०, २०२१


लण्डन- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले दोस्रो ‘भर्चुअल लाइभ दोहोरी’ गर्ने भएको छ ।

प्रतिष्ठानले आउंदो अप्रिल ४ तारिख चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फत भर्चुअल लाइभ दोहोरी गर्ने भएको हो । 

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी, राजु परियार, चन्द्र शर्मा, सुमन थापा र डिला बिकको प्रस्तुति रहनेछ भने केही स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने संस्थाका अध्यक्ष टङ्क शेरचनले जानकारी दिए ‌। 

कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरिने जनाइएको छ । कार्यक्रम व्यवस्थित बनाउन काठमाडौंमा आलाप स्टुडियो ब्यबस्था गरिएको छ भने नेपालबाट सहभागी हुने सम्पूर्ण कलाकारले आलाप स्टुडियोबाट आफ्नो लाइभ प्रस्तुति दिनेछन् ‌। 

बेलायतको विभिन्न ठाउँमा रहेका लोक तथा दोहोरी गीतप्रेमीलाई कार्यक्रममा सहभागी हुन इच्छा भए प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण राना, सचिव रत्न शाही लगायत कार्यसमितिलाई सम्पर्क गर्न संस्थाका अध्यक्ष शेरचनले जानकारी दिए ।

स्थानीय समय अनुसार बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रम उद्घाटन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले गर्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू