शनिबार, वैशाख ८, २०८१
00:16 | ०५:०१

बेलायतमा कोरोना मृतक संख्यामा ७८ प्रतिशतले कमी, थप ९६ को मृत्यु

नेपाली लिङ्क मार्च २०, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गत महिनाको तुलानामा ७८ प्रतिशतले गिरावट आएको समाचार माध्यमले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप ९६ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।

गतवर्ष  अक्टुबर १० पछिका  शनिबारहरुमध्ये आज शनिबारको मृतक संख्या सबैभन्दा कम भएको अधिकारीहरुले बताएका छन्  । सामान्यतया शनिबार र आइतबारको तथ्याँक भने अन्य दिनको तुलनमा कमै हुने गर्दछ ।

यद्धपि पछिल्ला दिनहरुमा मृतक संख्यामा कमी हुँदै गएको  र  अघिल्लो महिनाको तुलनामा ७८ प्रतिशतले कम भएको तथ्यांकले देखाएको छ ।

यससंगै  बेलायतमा हालसम्म  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १२२ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५८७ जना नयां संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ९१ हजार २७१  पुगेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार १६२ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८३० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ४९६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू