बिहीबार, वैशाख १३, २०८१
00:29 | ०५:१४

बुद्धिष्ट गुम्बा रेडिङद्वारा विपन्नलाई आर्थिक सहयोग

नेपाली लिङ्क मार्च २०, २०२१

लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले नेपालस्थित असहाय एवम् उपचार खर्च अभावमा परेकाहरुलाई आर्थिक सहयोग गरेको छ ।  

गुम्बाका तर्फबाट शनिबार १ लाख २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो ।  

पोखरा १० स्थित बौद्ध अर्घौ सदनमा एक कार्यक्रमबीच विपन्न अवस्था एवम् स्वास्थ्य समस्याबाट पीडित ५ जनालाई २५ हजार रुपैयाँको दरले सहयोग बांडियो ।  

गुम्बाका मूलगुरुको उपस्थितिमा गुम्बाका महासचिव कमल कोने गुरुङ र एनआरएनए यूके पूर्व अध्यक्ष मुछेत्र गुरुङले सहयोग हस्तान्तरण गरेका थिए ।  

गुम्बाको तर्फबाट सहयोग पाउनेमा पोखरा २३ सिधानेका विपन्न परिवारका दिलबहादुर नेपाली र दिपक नेपाली, खर्बुटारका क्यान्सर पीडित पूर्ण गुरुङ, खाल्टे मसिनाका मृगौला रोग पीडित नर बहादुर तमाङ र काब्रेका दृष्‍टिविहिन शिरबहादुर गुरुङ छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू