शनिबार, वैशाख ८, २०८१
19:27 | ००:१२

नेपाल पक्षमाथि कारबाही प्रक्रिया अघि बढाउने एमाले संसदीय दलको निर्णय

नेपाली लिङ्क मार्च २०, २०२१

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले माधव नेपाल पक्षमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।  

बैठकले पार्टीमा गुटगत भेला गर्ने माधव नेपालसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो 

बैठकपछि एमाले नेता महेश बस्नेतले दिएको जानकारीअनुसार संसदीय दलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय समितिमा पठाइएको छ ।  

यसअघि पार्टी अध्यक्ष एवम् संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको थियो ।  

नेपाल पक्षबाट तीन सांसदले बालुवाटार लिएर गएको ज्ञापनपत्र समेत प्रधानमन्त्री ओलीले ‘गुटको पत्र बुझ्दिन’ भन्दै बुझ्न अस्वीकार गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू