बुधबार, वैशाख १२, २०८१
18:09 | २२:५४

राष्ट्रिय जनगणनाबारे सामाजिक अभियन्ताबीच छलफल

नेपाली लिङ्क मार्च १८, २०२१

लण्डन । आउँदो मार्च २१ तारिख इंग्ल्याण्डमा हुन गइरहेको राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै जनगणनामा सक्रिय रहेका समाजका अगुवा तथा स्वयंसेवकहरुबीच अन्तरक्रिया भएको छ ।

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद, जनगणना अभियान  समितिकी युथ कोर्डिनेटर अहिल्या कुँवरको पहलमा बुधबार भएको भर्चुअल कार्यक्रममा सहभागीहरुले आ–आफ्ना अनुभव र समस्याबारे छलफल गरे ।

कार्यक्रममा एनआरएनए इङल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठ, अंकित ढकाल, गणेश खड्का, डमरकाजी गुरुङ, धन गुरुङ, लक्ष्मण गुरुङ, विन्दुमाया गुरुङ, दिपेन सिटौला, अशोक गुरुङ, शेर पुन, सुलभ पौडेल, लक्ष्मी, आनन्द धरेल, बालकृष्ण भूषाल, हरि भट्टराई, श्रीकृत वाग्ले, जीवन सेन, सुदीप तिवारी, अन्जु खड्का, हेम गुरुङ, रेनुका श्रेष्ठ, प्रशान्त कंडेल, ह्यारी गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए ।

सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेका संस्थापक डा. कृष्ण अधिकारीले बेलायतको राष्ट्रिय जनगणना नेपालीहरुका लागि एकता प्रदर्शन, एकापसमा भेट र समुदायको सशक्तिकरणका अवसरका रुपमा उपयोग भएको बताए । उनले बेलायतमा नेपालीका लागि अलग जातीय पहिचान बनाउन जनगणनामा उल्लेख्य संख्याका साथै त्यसपछि पनि निरन्तर अभियान हुनुपर्ने बताए ।

अनलाइन माध्यमबाट फाराम भर्ना धेरै नेपालीहरुलाई समस्या भएको र सक्दो रुपमा आफूहरुले सहयोग पुरयाउंदै आएको सहभागीहरुले बताएका थिए ।

जनगणना फाराममा इथ्नीक ग्रुप र मुख्य भाषामा ‘नेपाली’ लेख्न आव्हानसहित अहिले बेलायतको नेपाली समुदायमा अभियान नै शुरु भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू