शुक्रबार, चैत १६, २०८०
12:12 | १७:५७

बेलायतमा कोरोनाका मृतक निरन्तर घट्दै

९५ जना संक्रमितको मृत्यु

नेपाली लिङ्क मार्च १८, २०२१

लन्डन । बेलायतमा कोरोनाका कारण हुने मृतक संख्या ओरालो लाग्ने क्रम निरन्तर जारी छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बिहीबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ९२६ पुगेको छ ।

यसैगरी, बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३०३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा कुल संक्रमितको संख्या ४२ लाख ८० हजार ८८२ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ७ हजार २१८ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ९६८ छ । पछिल्लो २४ घन्टामा ४२६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

दुई करोड ७६ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ७६ लाख भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ ।

बिहीबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्ध खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ७६ लाख १४ हजार ५२६ पुगेको छ ।

बेलायतमा दुई करोड ५७ लाख ३५ हजार ४७२ जनाले खोपको पहिलो डोज र १८ लाख ७९ हजार ५४ ले दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू